बिहिबार, मंसिर २६, २०७६

बागलुङ दुर्घटना अपडेटः १० मृतकको सनाखत

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • बागलुङ । बडीगाड–७ को कोप्चेमा जिप दुर्घटना हुँदा मृत्यु भएका १४ मध्ये १० जनाको सनाखत भएको छ ।

    ज्यान गुमाउनेमध्ये अधिकाशं गुल्मीको इस्मा गाउँपालिकाका छन् । इस्मा गाउँपालिका–५ का २६ वर्षीय सवारी चालक रेशम थापा, सोही वडाको दोबाट बस्ने ४० वर्षीया बसुन्धरा कार्की, ढाडुङा बस्ने माया थापाको मृत्यु भएको जिल्ला प्रहरी बागलुङले जनाएको छ ।

    नवलपरासी बर्दघाट– २ बस्ने ६० वर्षीया भुमा कार्की, बागलुङ बडीगाड–७ बस्ने ५५ वर्षीया नरमाया खत्री, इस्मा गाउँपालिका–४ दोहोली बस्ने ४० वर्षीया सीता कार्की, इस्मा–४ का ६५ वर्षीय झवी कार्कीको मृत्यु भएको छ । इस्मा–४ दोहोलीकै ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मीना बस्नेत र ६५ वर्षीय धनबहादुर कार्कीको पनि पहिचान खुलेको छ ।

    घाइते हुनेमा नवलपरासी बर्दघाट– २ का १८ वर्षीय जीवन कार्की, इस्मा–४ का ८ वर्षीय हिमाल कार्की र सोही स्थानका २४ वर्षीय निमा केसी रहेको प्रहरीले जनाएको छ । इस्मा गाउँपालिका–४ दोहोलीका ६५ वर्षीया धनबहादुर कार्की बेपत्ता छन् । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी छ । गुल्मीको इस्मा गाउँपालिका–४ दोहोलीबाट बागलुङको निसिखोला गाउँपालिका बायोखोलामा दिवाली पूजाको लागि हिँडेको ग १ ज ५२१९ नं को जिप दुर्घटनामा परेको हो ।

    बागलुङ दुर्घटनाप्रति देउवाद्वारा दुःख व्यक्त, तत्काल अध्ययन कार्यदल गठनको माग

    बागलुङको भिमगिठेमा जीप खस्यो, कुलपुजामा हिडेका १४ जनाको मृत्यु

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology