बिहिबार, मंसिर २६, २०७६

एथलेटिक्समा ऐतिहासिक उपलब्धि, ०.०१ सेकेन्डले सन्तोषीले जितिन् स्वर्ण

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सको १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण दिलाएकी छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा निर्धारित दूरी पारिन्। उनले भारतकी कविता यादवलाई ०.०१ सेकेन्डले पछि पारेकी हुन् । भारतकी कविताले ३५ मिनेट ०७.९५ को समय खर्चिंदै रजत पदक जितिन् । श्रीलङ्काकी निलान्थी लङ्काले ३५ मिनेट ५९.०२ सेकेन्डको समय खर्चदै कांस्य पदक हात पारिन् ।

    सागमा नेपालका महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । यसअघि सन् २००६ मा श्रीलङ्कामा भएको सागमा नेपालकी कान्छीमाया कोजुले १० हजार मिटर दौडमा नेपालाई रजत पदक दिलाएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology