बिहिबार, मंसिर २६, २०७६

बागलुङ पुगे पूर्वमन्त्री गोकर्ण विष्ट, हेलिकोप्टबाट घाइतेको उद्धार

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । बाग्लुङमा जीप दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

    पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टसहितको टोलीले तीनजना गम्भीर घाइतेलाई काठमाडौं ल्याएको हो । गम्भीर घाइते अवस्थामा रहेका तीनजनालाई थप उपचारका लागी काठमाडौको शिक्षण अस्पतालमा ल्याइएको हो । गुल्मीको इस्मा गाउँपालिकाबाट कुलपुजाको लागि बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटना भएको खबर पाएलगत्तै घाइतेहरूको उद्धार तथा उपचारको व्यवस्थाका लागि पूर्वमन्त्री विष्ट बुटवलको कार्यक्रम छाडेर नेपाली सेनाको हेलिकोप्टर लिएर वुर्तिबाङ पुगेका थिए।

    मंगलबार बडिगाड गाउँपालिका-७ भिङगिठे घोपर्नामा जीप दुर्घटना भएको हो। गुल्मी ईस्माबबाट बुर्तिवाङतर्फ जाँदै गरेको ग.१ ज ५२१९ नम्बरको जीप बडीगाड खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology