बिहिबार, मंसिर २६, २०७६

विश्वप्रकाशज्यु, नेकपालाई अर्ति दिनुभन्दा देउवालाई जनताको सेवा गर्न सिकाउनुस्: युवराज चौलागाईं

  • प्रकाशित मिति : मङ्लबार, मंसिर १७, २०७६



  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा प्रवास संमन्वय कमिटीका अध्यक्ष युवराज चौलागाईले नेकपालाई नेपाली कांग्रेसको अर्ति उपदेश आवश्यक नभएको प्रष्ट पारेका छन् । उनले धरानको चुनावलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको बर्लिनको पर्खाल ढल्यो भन्ने कुराको प्रतिवाद गर्दै त्यस्तो परिकल्पना कांग्रेसले गरेको हो भने दृष्टि दोष भएको बताए ।

    कम्युनिष्टको लालकिल्ला मानिदै आएको धरान उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेसले जितेपछि नेपापली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धरानको लालकिल्ला बर्लिनको पर्खाल झै भत्किएको टिप्पणी गरेका थिए । त्यतिमात्रै होइन, उनले उपनिर्वाचनको परिणामबाट हौसिदै नेकपालाई आजै सच्चिने कि भोली सकिनेसम्म भन्न भ्याएका थिए ।

    प्रवक्ता शर्माको यस्तो टिप्पणीको जवाफ नेकपाका युवा नेता चौलागाईले यसरी दिएका छन्:

    नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धरानको चुनाव जित्नुलाई वर्लिनको पर्खा ढलेको रुपमा प्रचारबाजी गरे, त्यो अनावश्यक कुरा हो । नेपालमा बर्लिनको पर्खालको परिकल्पना नेपाली कांग्रेसले गरेको हो भने त्यो उसको दृष्टि दोष हो । नेपालको संविधान, राजनीतिक व्यवस्था र प्रणालीमा जित्ने कुरा हो । हामी लोकतन्त्र र आवधिक निर्वाचनमा विश्वास गर्छौ । जनताको अभिमतमा विश्वास गर्छौ । हामी कुनै बर्लिनको पर्खाल बनाउन चाहदैनौं । बरु नेपाली कांग्रेसले आफ्नो विचारधारात्मक र राजनीतिक उद्देश्य र कार्यक्रममा प्रष्टता गर्न आवश्यक छ । बर्लिनको पर्खाल ढालियो भन्नेजस्ता कुरा त निराधार र औचित्यहिन कुरा हो । जहाँसम्म निर्वाचनको कुरा छ, समग्रमा नेकपालाईभन्दा नेपाली कांग्रेसलाई नै क्षति पुगेको छ । धरानको हकमा चहीँ अप्रत्यासित परिणाम हो । हामीलाई त्यसबाट समिक्षा गरेर आगामि दिनहरुमा जनताबीचमा अझ लोकप्रियतापूर्वक कसरी अगाडि जाने भन्ने कार्यक्रम बनाउन एउटा शिक्षा प्राप्त भएको छ।

    जनताको अपार माया र लोकप्रियताका साथ अगाडि बढेको नेकपालाई नेपाली कांग्रेसको अर्ति उपदेशको जरुरत छैन । नेपाली कांग्रेस नेपालको राजनीतिक इतिहासमा एउटा असफल दल हो । यो दलले नेपाली जनताबाट प्राप्त गरेको कुनैपनि मतको सम्मान गरेको छैन् । हामीले इतिहासका शिक्षाहरुसहित जनताको अभिमतलाई बडो विनम्रतापूर्वक स्वीकार गरेर त्यस अनुसार विकास र जनताको समद्धिको, अग्रगतिको काम गर्ने प्रयत्न गरिरहेका छौं । हामीबाट कमीकमजोरी भएको भए जनतासँग बसेर त्यसको उचित समिक्षा गर्छौं । तर नेपाली कांग्रेसको सल्लाह चाही हामीलाई चाहिएको छैन् । बरु कांग्रेसका प्रवक्ता ज्युले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई जनताको सेवा गर्न सिकाए हुन्छ, हामीलाई होइन ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology