पानीजहाजको यात्राको लागि सरकारद्वारा सिम्यान्स राहदानीको तयारी

काठमाडौं । पानी जहाजको चर्चा चलेको मात्र होइन प्रधानमन्त्रीले नेपाली जनतालाई सपनापनि बाँडेका छन । पानी जहाजको चर्चा चलेसंगै सरकारले राहदानी ऐनमै सिम्यान्स राहदानीको व्यवस्था गर्न लागेको छ ।

हुनत नेपाल न समुद्रस्ँग जोडिएको छ, न त तत्कालै जोडिएर सामुद्रिक व्यापार व्यवसायको थालनी हुनसक्ने अवस्था छ । तरपनि प्रधानमन्त्री केपी शर्मा ओलीले ५ बर्ष्भित्र नेपाललाई समुद्रसँग जोडेर पानीजहाज चलाउने दाबी गरेकै आधारमा परराष्ट्र मन्त्रालयले राहदानी ऐन २०७५ सम्बन्धी प्रस्तावित ऐनमै सामुद्रिक राहदानी प्रदान गर्ने व्यवस्था समावेश गरेको हो ।

नयाँ ऐन लागू भएपछि राहदानी ऐन २०२४ मा उल्लेख ४ वटा राहदानी बाहेक सिम्यान्स र सर्भिस पासपोर्ट (राहदानी) थप गरिएको हो ।

सर्भिस राहदानी राष्ट्रसेवक कर्मचारीका लागि प्रयोगमाल्याइने छ भने सिम्यान्स राहदानी पानीजहाज वा समुद्रमा काम गर्ने नेपाली चालकदेखि मजदूर लगायत प्रयोगकर्ताका लागि जारी गरिनेछ ।

हाल सरकारले कूटनीतिक(रातो), विशेष(निलो), साधारण(हरियो) र यात्रा अनुमति पतर्् (ट्राभल डकुमेन्ट कालो) गरी चार प्रकारका राहदानी जारी गर्छ ।

LEAVE COMMENT

Comment *
Your Name *
Email *
Website
 

Related Posts
Don't miss it
Editors choice